Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

च्याम्पियन्स लिग: घरेलु मैदानमा पीएसजी  पराजित 

च्याम्पियन्स लिग: घरेलु मैदानमा पीएसजी  पराजित 

  • 878
    SHARES
  • च्याम्पियन्स लिग:  घरेलु मैदानमा पीएसजी  पराजित 

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

    बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

    घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले १५औँ मिनेटमा मार्कुन्होसको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

    ६४औँ मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका हुन् ।

    पहिलो लेगमा प्राप्त जितसँगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढेको छ ।

  • सम्बन्धित विषय:

  • # पीएसजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij