वेबटिभी खबर
राँझा । खजुरा गाउँपालिका-१ का वडाध्यक्ष सुमन मल्लले व्यक्तिगत लगानीमा गाउँमै १० श्ययाको आइसोलेसन सेन्टर बनाएका छन् ।
बाँकेमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिसक्दा पनि स्थानीय तह अलमलमा परिरहेका बेला मल्ल राधापुर स्वास्थ्यचौकीमा व्यक्तिगत रुपमा करिब पाँच लाख लगानी गरी अक्सिजन सुविधाको आइसोलेसन निर्माण गरेर जनतालाई संक्रमणबाट बचाउन लागि परेका छन् ।
‘महामारीका बेला सबैभन्दा पहिला जनतालाई स्वास्थ्य सेवा पुर्याउनु नै पहिलो प्राथमिकता हो ।
लकडाउनको बेला बिरामीलाई गाउँबाट अस्पताल पुर्याउने कुरा पनि समस्या हुने भएकाले गाउँमै तत्काल उपचार पाउने गरी आइसोलेसन तयार गरेका छौं’, मल्लले भने, ‘भेरी अस्पतालमा बिरामीले बेड र अक्सिजन नपाउने समस्या रहेकाले कम्तीमा गाउँमै त्यो सेवा प्रदान गर्न सकौं भन्ने हाम्रो प्रयास हो ।’
वडाध्यक्षको लगानीमा राधापुर स्वास्थ्यचौकीमा अक्सिजनको आइसोलेसन श्ययाको व्यवस्था भएपछि वडामा संक्रमित कोभिडका बिरामीलाई धेरै सहजता भएको स्थानीय अगुवा विनोद थापाले बताए ।
तीव्र गतिमा देखिएको कोरोना संक्रमण रोकथामका लागि आजदेखि बाँकेभरि बन्दाबन्दी थपिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij