Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रासायनिक मलको अभाव

रासायनिक मलको अभाव

  • 624
    SHARES
  • रासायनिक मलको अभाव

    झापा । धान रोप्ने समयमा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका किसानहरू यस वर्ष पनि धान रोज्ने समयमा मल नपाउँदा समस्यामा गरेका हुन् ।

    धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्न मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल-६ का अगुवा किसान ख्याम आचार्यले बताए ।

    यस वर्ष पनि धान रोप्ने समयमा डिएपी मल पाउन नसकेको उनको भनाइ छ । कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मल कोटामा छुट्याएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

    शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए ।

    सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल-६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टंक पराजुलीले बताए ।

    उनले धान रोप्ने समय उच्च माग हुने डिएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्न कठिन भएको जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij