Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

  • 417
    SHARES
  • तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

    इलाम । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ ।

    सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो ।

    यस्तै बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द रहेका छन् भने विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ ।

    सोमबार बिहानदेखि बन्द भएकाे विद्युत् आपूर्ति मंगलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैनन् ।

    केन्द्रका प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’पत्ता लाग्न नसकेको जानकारी दिए । उनले इलाम सबस्टेशनबाट सदरमुकाममा वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको हुनसक्ने बताए ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij