Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा जरिवाना

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा जरिवाना

  • 526
    SHARES
  • स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा जरिवाना

    काठमाडौं । स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गर्नेलाई तीन वर्ष जेल वा तीन लाख जरिवानाको व्यवस्था गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संघीय संसद्को प्रतिनिधि सभामा पेश गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवानाको व्यवस्था गरिएको हाे ।

    अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याए, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याउने काम गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवाना उल्लेख गरिएको छ ।

    यस्तै, स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख जरिवाना अध्यादेशमा तोकिएको छ ।

    स्वास्थ्य संस्थामा तालाबन्दी गर्न, घेराउ गर्ने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्‍याए, स्वास्थ्यकर्मी, कर्मचारीलाई हातपात गर्न, कुनै किसिमको धम्की दिन, गालीगलौज गर्न र अपमानजनक व्यवहार गरे एक वर्ष कैद वा १ लाख जरिवानाको अध्यादेशमा व्यवस्था गरिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २५ गते प्रमाणीकरण गरेको अध्यादेश स्वास्थ्यमन्त्री खतिवडाले प्रतिनिधिसभामा पेश गरेका छन् । राष्ट्रपतिले जारी गरेको उक्त अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।

    उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात तथा कुटपिट गर्ने, स्वास्थ्य संस्थामा आगजनी गर्ने जस्ता गतिविधि हुनथालेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न सो कानुन ल्याएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij