Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रसुवाको चारवटा गाउँपालिकामा मतगणना जारी

रसुवाको चारवटा गाउँपालिकामा मतगणना जारी

  • 433
    SHARES
  • रसुवाको चारवटा गाउँपालिकामा मतगणना जारी

    रसुवा । रसुवाको चारवटा गाउँपालिकामा मतगणनाको कार्य जारी  छ । जिल्लाको पाँचवटा गाउँपालिकामध्ये चारवटा गाउँपालिकामा मध्यरातिदेखि नै मतगणनाको कार्य सुरु गरिएको हो । उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मध्यरातदेखिनै मतगणनाको कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।  

    गोसाइँकुण्ड गाउँपालिकाको भने शनिबार बिहान हेलिकप्टरबाट मतपेटिका ल्याएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा रसुवामा ७७ प्रतिशत मत खसेको थियो । 

    जिल्लाको उत्तरगयामा ८ हजार ४ सय २, कालिकामा ८ हजार ६ सय ५६, गोसाइँकुण्डमा ५ हजार ८ सय ९०, नौकुण्डमा १० हजार ५ सय ३७ र आमाछोदिङ्मो गाउँपालिकामा ५ हजार ६० मतदाता रहेका छन्। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला  छन्।

  • सम्बन्धित विषय:

  • # मतगणना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij