Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

किसानले पाएनन् मकै रोप्न

किसानले पाएनन् मकै रोप्न

  • 398
    SHARES
  • किसानले पाएनन् मकै रोप्न

    जाजरकोट । आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् ।

    सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।

    पहाडी भू-भागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भएपनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड-८का शेरबहादुर खत्रीले बताए ।

    वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि अन्य किसानको खेतबारी बाँझिएको खत्रीले बताए ।

    त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भएपनि पानीकै अभाव उक्त काम प्रभावित भएको छ । असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान मकै रोप्ने तयारीमा थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij