Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमालेले जनतासँग ९८ प्रतिशत झुट बोल्यो : कांग्रेस नेता महर

एमालेले जनतासँग ९८ प्रतिशत झुट बोल्यो : कांग्रेस नेता महर

  • 477
    SHARES
  • एमालेले जनतासँग ९८ प्रतिशत झुट बोल्यो :  कांग्रेस नेता महर

    धनगढी । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जनतासँग एमालेले ९८ प्रतिशत झुट बोलेको आरोप लगाएका छन् । डडेलधुरामा शुक्रबार आयोजित एक कार्यक्रममा नेता महरले   २०७४ को निर्वाचनमा विजय भएका स्थानीय तहमा घोषणापत्रअनुसार काम नगरेर एमालेले जनतालाई झुक्याएको आरोप लगाएका हुन् । 

    एमालेले जनभावना अनुरूप काम नगरेको आरोप लगाउँदै उनले भने, ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ । व्यवहार ठिक उल्टो गर्छ । घोषणापत्रमा वाचा गरेअनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ । ९८ प्रतिशत झुट बोलेको छ । अब एमालेको झुटको खेती टिक्दैन ।’ 

    कांग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताउँदै उनले भने, ‘कांग्रेस जनताको पार्टी हो । हामीलाई सधैँ जनताको माझमा जानु छ । भ्रम छरेर एक पटक त चुनाव जितिएला । तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिनेछन् ।’ 

    देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण बनाउन महरको आग्रह छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij