वेबटिभी खबर
सल्यान । सल्यानको बागचौर नगरपालिका-६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका-४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् ।
दुर्घटनामा घाइते भएका सहचालक सल्यानको छत्रेदेउराली गाउँपालिका-१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij