वेबटिभी खबर
धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका-२२ बसबिट्टी कलभर्टमा सोमबार राति मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । दुर्घटनामाा गम्भीर घाइते भएका चालक धनुषा-७ का अन्दाजी ३२ बर्षीय मिश्री साहको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार कृष्ण दासको सोही अस्पतालमा उपचार भइरहेको छ । महोत्तरीबाट जनकपुर तर्फ जादै गरेको ज १ प ७४५९ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij