Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न पाउँदैनः सर्वोच्च 

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न पाउँदैनः सर्वोच्च 

  • 653
    SHARES
  • अख्तियारले  ‘स्टिङ अप्रेसन’ गर्न पाउँदैनः सर्वोच्च 

    काठमाडौं । सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’ लाई रोक लगाएको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडा सहितको संवैधानिक इजलासले स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको हो ।

    घुस वा सेवा शुल्कबाहेकको रकम अख्तियारका कर्मचारीले आफैं दिँदै अख्तियारले गर्दै आएको स्टिङ अप्रेसनले व्यक्तिको स्वतन्त्रता र मर्यादामा आँच पुर्‍याउने र संविधानले सुनिश्चित गरेको मौलिक हकविरुद्ध समेत हुने भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले ०७४ पुस ९ गते संवैधानिक इजलासमा निवेदन पेश गरेका थिए । 

    घिमिरेले निवेदनमा सो अप्रेसन संविधानले सुनिश्चित गरेको व्यक्तिको गोपनीयता, मर्यादा र स्वतन्त्रताविरुद्ध भएको र आयोगको नियमावलीको नियम ३० मा भएको स्टिङ अप्रेसनको प्रावधान संविधानसँग बाझिएको तर्क गरेका थिए ।
    सोही निवेदनमा सर्वाेच्चले बुधबार आदेश सुनाएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij