Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हलेसी तुवाचुङ नगरपालिकाद्वारा बिउ पुँजी रकम प्रदान

हलेसी तुवाचुङ नगरपालिकाद्वारा बिउ पुँजी रकम प्रदान

  • 512
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाद्वारा बिउ पुँजी रकम प्रदान

    काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई बिउ पुँजी रकम प्रदान गरेको छ । नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई नगरपालिकाले बिउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १ लाख रूपैयाँका दरले रकम उपलव्ध गराएको हो ।

    नगरपालिकाले गत वर्ष नियमित बचत गर्दैआएका १५ आमा समूहलाई बिउ पुँजी रकम प्रदान गरेको थियो । स्थापना कालदेखि हालसम्म जनही मासिक ५ रुपैयाँदेखि ५० रुपैयाँका दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि रकम थप गरिदिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन् ।

    नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८÷०७९ को बिउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत  बिउ पुँजी उपलव्ध गराइएको हो ।

    ११ वडा रहेको नगरपालिकामा हाल १ सय ५ वटा आमा समूह छन् । त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आवद्ध भएको र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियाशील रहेको समूहलाई छनोट गरेर बिउ पुँजी रकम प्रदान गरेको हो ।

    नगरपालिकाले उपलव्ध गराएको एक लाख रकमले पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको ब्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बिउ पुँजी लिएपछि बाख्रा, बंगुर, तरकारी खेती लगायतका व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने शर्त छ ।

    समूहबाट ऋण लिने व्यक्तिले ९ महिनादेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र ब्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको उपमेयर राईले बताइन् ।

     

  • सम्बन्धित विषय:

  • # प्रदान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij