Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

उद्यमशीलता प्रवर्द्धनका लागि सम्झौता

उद्यमशीलता प्रवर्द्धनका लागि सम्झौता

  • 483
    SHARES
  • उद्यमशीलता प्रवर्द्धनका लागि सम्झौता

    वालिङ । उद्यमशीलता प्रवर्द्धनका लागि वालिङ नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ । उद्यमशीलताको विकास र प्रवर्द्धन गर्दै नगरवासीलाई उत्पादनमा जोड्नका लागि ती दुई निकाय बीच सम्झौता भएको हो ।

    दिगो विकास लक्ष्य हाँसिल गर्न १७ वटा लक्ष्यलाई २०३० सम्ममा संयुक्त राष्ट्र संघले तोकेबमोजिमको उपलब्धि प्राप्त गर्न उक्त सम्झौता गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

    ‘यस कार्यक्रबाट गरिबी निवारण, हरित विकास, उद्यमशीलता, नवप्रवर्तनजस्ता कार्यसँगै स्मार्ट सिटीको आधारभूत कार्यमा सहयोग पुग्नेछ,’ उनले भने, ‘विकासको गतिलाई द्रूत रूपमा अगाडि बढाउँदै तोकिएको समय अवधिभित्र उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिने छ ।’

    हरित उद्यमशीलताको अभिवृद्धिसँगै सबैलाई समेट्ने क्षमतावान् तथा दिगो विकासको स्थानीयकरण कार्यक्रमले दिगो विकासका लागि महत्वपूर्ण काम गर्ने अपेक्षा उनको थियो । कोभिड-१९ को असर कम भएसँगै नागरिकलाई उत्पादनसँग जोड्दै स्वरोजगार बनाउने यस परियोजनाको मुख्य लक्ष्य रहेको छ ।

    नगरपालिकासँगको सहकार्य निकै उपलब्धिमूलक रहेको युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले बताए । उनले अझै प्रभावकारीरूपमा यस कार्यलाई अगाडि बढाउनका लागि नगरपालिकासँग सम्झौता गरिएको बताए ।

    उद्यमशीलता व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र (इबिक) स्थापना गरी वालिङले हरित उद्यमशीलताका क्षेत्रमा निकै उदाहरणीय काम गर्न गरेको आवासीय प्रतिनिधि सिंहको भनाइ छ ।

    यस नगरपालिकाले अगाडि सारेको उद्यमीको सहर बनाउने अभियानमा सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको उनले बताए । साझेदारी कार्यक्रमअन्तर्गत युएनडिपीले १ करोड १० लाख र नगरपालिकाले ३ करोडको व्यहोर्ने भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij