Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लघु उद्यम कार्यक्रमबाट आत्मनिर्भर बन्दै महिला

लघु उद्यम कार्यक्रमबाट आत्मनिर्भर बन्दै महिला

  • 687
    SHARES
  • लघु उद्यम कार्यक्रमबाट आत्मनिर्भर बन्दै महिला

    सुनसरी । कोसी गाउँपालिका-५की महावतीदेवी सदाले चार/पाँच वटा बाख्रा पाल्दै आए पनि यसबारे खासै अनुभव नहुँदा उनलाई समस्या हुँदै आएको थियो ।बाख्रामा लाग्ने रोगबारे थाहा नभएको र रोग लागे पनि त्यसको लक्षण पहिचान गर्न कठिनाइ हुँदै आएकोमा अब सदा यस विषयमा पूर्णरूपले जानकार भएकी छिन् ।

    सोही वडाकी परमेश्वरीदेवी सदालाई पनि बङगुर पालनमा खासै अनुभव थिएन । उनले दुई/चारवटा बङगुर पाल्दै आए पनि बङगुर पाल्ने तरिका र तिनमा लाग्ने रोगबारे थाहा नहुँदा खासै आम्दानी लिन सकेकी थिइनन् ।

    सुनसरी जिल्लाको कोसी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय महिलालाई तालिम दिएपछि अहिले उनीहरू आफूले गर्ने व्यवसायका बारेमा जनकार भएका हुन् ।

    गाउँपालिकाले महिलालाई लक्षित गरेर सञ्चालन गरेको सात दिने होटल, बङगुर पालन, बाख्रा पालन, तरकारी खेती र भुजिया बनाउने तालिमले यस क्षेत्रका महिला आत्मनिर्भर हुनाका साथै आफैले व्यवसायिकरूपमा काम गरेर स्वरोजगार हुने अवसर सृजना गरेको स्थानीय सुनितादेवी कामैतले बताइन् ।

    गाउँपालिकाको आर्थिक सहयोग र इटहरीस्थित महिला सीप विकास केन्द्रले गाउँमै गएर तालिम दिएकाले महिलालाई सरोजगार बन्न सहज भएको गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

    यस्ता तालिमले आफूहरूलाई धेरै फाइदा भएको र आउने दिनमा तालिमलाई निरन्तरता दिनुपर्नेमा सोही गाउँकी बबिताकुमारी मण्डलले बताइन् । काम नपाएर त्यसै समय बिताउँदै आएका यहाँका महिलाका लागि यस्ता तालिम आयआर्जन गर्ने माध्येम बनेको स्थानीय सुनितादेवी कामतले बताइन् ।

    तालिमका कारण महिलालाई रोजगारी दिलाउनाका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुगेको तालिम लिएकी ललितादेवी सदाले जानकारी दिइन् । आगामी दिनमा महिलालाई लक्षित गरेर यस्ता किसिमका अन्य थप कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले बताइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij