वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा.शंकरप्रसाद शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा.शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्का उपस्थित थिए । नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा.शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij