Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु

इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु

  • 583
    SHARES
  • इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु

    एजेन्सी, जेरुसेलम । दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् ।

    तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र अन्य एक व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।

    प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ । आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरूमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ । 

    अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए । प्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइन सहरको शिक्षक रहेको बताएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij