वेबटिभी खबर
बलेवा । चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पुर्याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पुर्याएको छ ।
निसीखोला गाउँपालिका–२ का तीन सय घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए । ‘प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ’, उनले भने, ‘यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।’
विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए । चट्याङले जलविद्युत् आयोजनामा पुर्याएकाे क्षतिको विवरण संकलन भैरहेको विकले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij