Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्थानीयवासीको मागमा प्रहरी चौकी स्थापना

स्थानीयवासीको मागमा प्रहरी चौकी स्थापना

  • 482
    SHARES
  • स्थानीयवासीको मागमा प्रहरी चौकी स्थापना

    जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका-५ फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । भौगोलिक रूपमा निकै निकट मानिएको त्यस क्षेत्रका स्थानीयवासीले प्रहरी चौकीको माग गर्दै आएका थिए । स्थानीयवासीको मागअनुसार प्रहरी चौकीको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले जानकारी दिए ।

    समाजका विकृति विसंगतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । प्रहरी हवल्दार नरिमा कठायतको कमाण्डमा पाँच प्रहरी चौकीमा राखिएको छ ।

    भौगोलिकरूपमा निकै विकट भएकाले सिञ्जा गाउँपालिकाको-५ र ६ मा घरेलु हिंसा, दुर्व्यवहार, कुटपिट, बहुबिवाह र चोरीका घटना हुने गरेको बताइएको छ । वडाध्यक्ष मुनबहादुर रावतले भने, ‘पहिलेदेखि प्रहरी चौकीको माग गरिएको थियो । अहिले आएर चौकी स्थापना भयो । यहाँक स्थानीयवासीमा राम्रो सन्देश गएको छ ।’

    सिञ्जा-५ र ६ वडामा पाँच गाउँ छन् । कुनै घटना हुँदा तीन घण्टा हिँडेर नराकोट प्रहरीचौकीमा जानुपर्ने बाध्यता थियो । प्रहरीचौकी स्थापना भएपछि अब त्यो समस्या हट्ने र गाउँमा शान्ति सुरक्षा कायम हुने अपेक्षा गरिएको स्थानीयवासी बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij