वेबटिभी खबर
काठमाडौं । आफूहरूको हितविपरित सरकारले ऐन लागु गर्न लागेको भन्दै सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत नायव सुब्बाहरू आन्दोलित भएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐनमा जिामती कर्मचारीका आवश्यक सरोकार समावेश नभएको कर्मचारीहरू आन्दोलित भएका हुन् ।
संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्थाअनुसार नायव सुब्बाहरूमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदबारभित्र कार्यरत नायव सुब्बाहरूले कार्यस्थल परिसरमै प्रदर्शन गरेका हुन् ।
उनीहरू ‘हामी अधिकार भन्दा पनि न्याय माग्न आएका हौं’, ‘माननीयज्यू नासुको आँसु देख्नु भएन ?’, ‘गिराएर मनोबल ! कस्तो खोजेको प्रतिफल ?’, ‘राजपत्र अनकिंत श्रेणीको कर्मचारीको अनुभवलाई, अनुभव मान’ लगायतका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् ।
सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । यस्तै प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारावाजी समेत गरेका छन् । माग पूरा नभएसम्म आफूहरूको आन्दोलन जारी रहने नायव उनीहरूको भनाइ छ ।
नायव सुब्बाहरूले राजपत्र अनकिंत तृतिय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरुमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितीय श्रेणीको खुल्ला विज्ञापनमा राजपत्र अनकिंत कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग राखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij