Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

  • 621
    SHARES
  • कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

    जाजरकोट । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ-गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ ।

    दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको हो । विज्ञसहितको टोलीले फागुन २४ फगुनदेखि २६ गतेसम्म तालिम दिएर तालिम प्राप्त कर्मचारीलाई जिल्लामा पठाएको हो ।

    दश कर्मचारीलाई तालिम पछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । तालिममा सिकेको सीप अधिकतम रूपमा प्रयोग गरिने सहभागीले बताएका छन् ।

    प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ । प्रत्येक मेसिनलाई २ लाख ९० हजारमा खरिद गरी १० मेसिन जिल्लामा वितरण गरिएको मन्त्री सिंहको भनाइ छ ।

    कर्णालीका सबै पालिकामा माग भएअनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ । फोहोर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखापरेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु गरिएको मन्त्री सिंहले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij