Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

५१ बुँदे कार्ययोजना सार्वजनिक गरी नीतिगत सुधारमा लागेका छाैं : शिक्षामन्त्री

५१ बुँदे कार्ययोजना सार्वजनिक गरी नीतिगत सुधारमा लागेका छाैं : शिक्षामन्त्री

  • 2.8K
    SHARES
  • ५१ बुँदे कार्ययोजना सार्वजनिक गरी नीतिगत सुधारमा लागेका छाैं : शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५१ बुँदे कार्ययोजना सार्वजनिक गरी नीतिगत सुधारमा लागेको बताएका छन् । मन्त्री पौडेलले ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको बताए ।

    शैक्षिक सुधारका निम्ति ९ मंसिर सोमबार ५१ बुँदे सहमति भएको थियो । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा शिक्षा मन्त्री पौडेले सो कुरा बताएका हुन् ।

    मन्त्री पौडेलले महासंघ भएको सहमतिले स्थानीय तहको अधिकार नखोसिने बताए । ‘शिक्षक महासंघ गरेको सहमतिले स्थानीय तहको अधिकार खोसियो भनिएको छ’, उनले भने, ‘नियमअनुसार प्रदेश र स्थानीय तहसँग समन्वय गरी अघि बढ्छौं, अधिकार खोस्दैनौं ।’

    सार्वजनिक शिक्षण संस्थाहरूको भवनसँगै शैक्षिक गुणस्तरका लागि मन्त्रालयले योजना बनाएर लगेको बताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सार्वजनिक विद्यालयका भवनसँगै आइसीटी बन्ने उद्घोष गरे ।

    संकल्प, लगनशीलता र अनुशासनले मात्रै शिक्षा प्रणाली सुधार्न सकिने बताउँदै एक अर्काले सम्मान गर्दै अघि बढ्नुपर्ने बताए । 

    ५१ बुँदे सहमति पत्र 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij