वेबटिभी खबर
दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
तनहुँको भानु नगरपालिका-६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रबार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
‘तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन । केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु । ’ उनले भने, श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ ।
सडक डिभिजन र सहरी विकास मन्त्रालय मार्फत ५ करोडको लगानीमा काम भइरहेको छ । त्यसका लागि सडक डिभिजनबाट २ करोड र सहरी विकास मन्त्रालयबाट ३ करोड रकम विनियोजन भएको थियो ।
उक्त मार्गमा ५०० मिटर सडक कालोपत्र, ३ हजार मिटर नाला र ४ हजार मिटर सडक ग्राभेल गरिने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij