Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

‘कोरोना भाइरसको युके भेरिएन्ट ‘हल्ला’ भएजस्तो खतरनाक छैन’

‘कोरोना भाइरसको युके भेरिएन्ट ‘हल्ला’ भएजस्तो खतरनाक छैन’

  • चैत्र ३१, २०७७ मंगलवार १२:५८ बजे
  • 963
    SHARES
  • ‘कोरोना भाइरसको युके भेरिएन्ट ‘हल्ला’ भएजस्तो खतरनाक छैन’

    काठमाडौं । मेडिकल पत्रिका द लेन्सेट इन्फेक्सस डिजिजमा छापिएको एक नयाँ अध्ययनअनुसार पहिलोपटक बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार बाहिर ‘हल्ला’ भएजति खतरनाक छैन । यो भेरिएन्ट अस्पतालमा भर्ना भएका कोरोनाका धेरै गम्भीर बिरामीको कारण नभएको उक्त अध्ययनको निष्कर्ष छ । 

    अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार सन् २०२० को डिसेम्बरमा भेटिएको भेरिएन्टलाई बि.वान.वान.सेभेन नाम दिइएको थियो । अमेरिकामा यही भेरिएन्ट फैलिएको बताइएको छ । 

    समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार प्रकाशित भएको यस अध्ययनका लागि चार सय नौ जना कोरोना भाइरसका बिरामीको लक्षणबारे विस्तृत अध्ययन गरिएको थियो । यी बिरामी गत वर्ष नोभेम्बर तथा डिसेम्बरमा बेलायतको अस्पतालमा भर्ना गरिएको थियो ।

    यी संक्रमितमा देखिएको लक्षण बि.वान.वान.सेभेन वा कोरोनाको अन्य नयाँ भेरिएन्टसँग तुलना गरी अध्ययन गरिएको थियो ।

    अनुसन्धानकर्ताले अन्य कोरोना भेरिएन्टको तुलनामा बि.वान.वान.सेभेन भेरिएन्टका कारण गम्भीर बिरामी हुने, मृत्यु हुने वा अन्य किसिमका जटिल समस्या हुने खतरा धेरै नभएको बताएका छन् ।

    अध्ययनका क्रममा संकलन गरिएका तथ्यांकले प्रारम्भिक रुपमा अन्य भेरिएन्टबाट संक्रमित बिरामीको स्थिति र बेलायतमा भेटिएको यस भेरिएन्टका संक्रमितको अवस्था धेरै फरक नभएको पुष्टि भएको छ ।

    द लेन्सेट पब्लिक हेल्थ मेडिकल पत्रिकामा प्रकाशित अर्को अध्ययनमा बेलायती भेरिएन्टविरुद्ध खोप प्रभावकारी हुन सक्ने र अन्य भेरिएन्टको तुलनामा यसको पुनः संक्रमणको दरमा अत्यधिक वृद्धि नभएको बताइएको छ ।

    बेलायती वैज्ञानिकका अनुसार कोरोना भाइरसको बि.वान.वान.सेभेन भेरिएन्ट पहिलाको भाइरस भेरिएन्टको तुलनामा ४० देखि ७० प्रतिशत बढी संक्रामक रहेको छ । लेन्सेटले पहिला पनि गरेका अध्ययनले बेलायतमा भेटिएको भेरिएन्ट बढी संक्रामक रहेको पुष्टि गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij