Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लमजुङमा दुनाटपरीको व्यवसायिक उत्पादन सुरू

लमजुङमा दुनाटपरीको व्यवसायिक उत्पादन सुरू

  • 596
    SHARES
  • लमजुङमा दुनाटपरीको व्यवसायिक उत्पादन सुरू

    काठमाडौं । मध्यनेपाल नगरपालिकाका महिलाहरूले परम्परागत दुनाटपरीको व्यवसायिक उत्पादन सुरु गरेका छन् । नगरपालिकाको सहयोगमा आधुनिक मेशिनबाट परम्परागत दुनाटपरी बनाउने तलिम पाएसँगै व्यवसायिक उत्पादन सुरू भएको हो ।

    मध्यनेपाल–९ बाँग्रेस्थित भरिखलक आमा समूहमा आबद्ध महिलाले आधुनिक मेशिनबाट दुनाटपरी बनाउन थालेका हुन् । नगरपालिकाले दुनाटपरी बनाउने मेशिन समेत खरिद गरिदिएपछि समूहमा आबद्ध महिलाले शनिवारदेखि औचारिक रुपमा व्यवसायिक दुनाटपरी उत्पादन थालेका हुन् ।

    ग्रामिण भेगमा रहेका महिलालाई व्यवसायिक र आत्मनिर्भर बनाउने उदेश्यसहित नगरपालिकाले तालिम र मेशिन खरिद गरी सहयोग गरेको हो ।

    प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोगले पातको दुनाटपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सिपलाई उपयोग गरी स्थानीय महिलालाई व्यवसायिक बनाउन दुनाटपरी बनाउने तालिम दिएको नगरपालिका प्रमुम रमेशकुमार पाण्डेले बताए ।

    मध्यनेपाल नगरपालिकाले यसअघि पनि वडा नम्बर ४ दुईपिप्ले अन्तर्गतका महिलालाई तालिम दिएको थियो । त्यहाँका महिलाले पनि यसअघिनै व्यवसायिक रुपमा दुनाटपरी उत्पादन गर्दै आएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # दुनाटपरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij