वेबटिभी खबर
सप्तरी । सप्तरीमा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ५१८ मोतीबिन्दुका बिरामीको आँखा शल्यक्रिया गरिएको छ ।
कञ्चनरुप १२ रुपनगरस्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा हालै सञ्चालित शिविरमा १ हजार ८५० जना आँखाका बिरामीले जाँच गराएकोमा ५१८ जनाको शल्यक्रिया गरिएको उपचार केन्द्रका संरक्षक प्रा.डा. रोहित कुमार पोखरेलले जानकारी दिए ।
तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौंका चिकित्सकले शल्यक्रिया सहितको उपचार गरेका हुन् । शिविरमा डा. सागर रुइत, डा. सृजना अधिकारी, डा. कृपा लोप्चन, डा. प्रविन यादव लगायतका चिकित्सक उपचारमा सहभागी थिए ।
शिविरमा सप्तरी, सिरहा, सुनसरी, उदयपुर जिल्ला र भारतबाट समेत बिरामी आएका थिए । यसअघि सो केन्द्रमा तीन पटक निःशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij