Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तुलसीपुरमा तीन कार्यपालिका सदस्यको पद रिक्त 

तुलसीपुरमा तीन कार्यपालिका सदस्यको पद रिक्त 

  • 517
    SHARES
  • तुलसीपुरमा तीन कार्यपालिका सदस्यको पद रिक्त 

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उनीहरूको पद रिक्त भएको जनाएको छ ।

    कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो । उनीहरू तीनै जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा आवद्ध भएका छन् ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को  दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज बिष्टले बताए ।

    उनीहरूमध्ये एमालले पार्टी फुट्ने बित्तिकै एकीकृत समाजवादीमा आवद्ध भएका थिए । उनी हाल सो पार्टीका तुलसीपुर नगर सदस्य छन् । रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्ता दिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij