Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मिनेन्द्र रिजालले भने– एमसीसीको व्याख्यात्मक घोषणाले भ्रम निवारण गर्यो 

मिनेन्द्र रिजालले भने– एमसीसीको व्याख्यात्मक घोषणाले भ्रम निवारण गर्यो 

  • फाल्गुण १५, २०७८ आइतवार २०:५३ बजे
  • 484
    SHARES
  • मिनेन्द्र रिजालले भने– एमसीसीको व्याख्यात्मक घोषणाले भ्रम निवारण गर्यो 

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा फैलाइएको भ्रम निवारण भएको बताएका छन्। प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले एमसीसी अनुमोदन गरेलगत्तै लागु हुनेसमेत बताएका छन्। 

    एमसीसीबारेको व्याख्यात्मक घोषणाले तीन नयाँ कुरा गरेको उल्लेख गर्दै यो तत्काल लागु हुने बताएका हुन्। उनले भनेका छन्, ‘एमसीसीका बारेमा भ्रम छरेर ती उल्लेखित कुरालाई पनि गलत प्रचार गरिएको थियो। भ्रम निवारण भएको छ।’

    एमसीसीमा सबैले स्वामित्व ग्रहण गरेको उनले बताए। थपे, ‘गठबन्धन हो सबैको इज्जत जोगाउनुपर्छ। सबैको स्वामित्व ग्रहण भएको छ। गठबन्धनको झमेला समाप्त भयो। नेपाली समाज परिवर्तन हुँदैन। अब अन्य मुलुकसँग हामी अनुदान लिन सक्छौं। सबै विचारधाराका दल मिलेर यो पारित गर्दैछौं। अनुमोदन गर्ने क्रममा आम सहमति भएको छ।’

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij