Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

‘प्रधानसेनापति खुला म्याराथनमा’ सेनाका धावक बस्नेत प्रथम

‘प्रधानसेनापति खुला म्याराथनमा’ सेनाका धावक बस्नेत प्रथम

  • 500
    SHARES
  • ‘प्रधानसेनापति खुला म्याराथनमा’ सेनाका धावक बस्नेत प्रथम

    काठमाडौं । यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्रगतिका धावकको सूचिमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् । सेना दिवसका अवसरमा शनिबार आयोजित ४२/१९५ किमी दूरीको म्याराथन २ घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी प्रथम भएका हुन् ।

    प्रथम भएबापत बस्नेतले ३ लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वल्र्ड च्याम्पियनशीपमा भाग लिने अवसर प्राप्त गरेका छन् । प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भएका छन् ।

    उनीहरुलाई क्रमशः २ लाख र १ लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । प्रतियोगिताअन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय भए ।

    उनीहरुलाई क्रमशः ७५, ५० र ३५ हजार नगद पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम, राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय भए । प्रतियोगितमा प्रथम हुने श्रेष्ठलाई ७५ हजार नगद र स्कुटी प्रदान गरियो ।

    विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीलगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।

    सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा यसअघि म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिताको प्रधानसेनापति शर्माले उद्घाटन गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij