Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

शेखर समूहले टुंग्यायो १० जिल्ला सभापतिको उम्मेदवार  

शेखर समूहले टुंग्यायो १० जिल्ला सभापतिको उम्मेदवार  

  • फाल्गुण १३, २०७८ शुक्रवार १९:२८ बजे
  • 465
    SHARES
  • शेखर समूहले टुंग्यायो १० जिल्ला सभापतिको उम्मेदवार  

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सप्तरीमा रामदेव साहलाई जिल्ला सभापति उठाउने निर्णय गरेको छ । यस्तै सिराहमा रामसुन्दर चौधरी सभापतिको उमेदवार बन्ने भएका छन् । धनुषा दिनेश प्रसौला, सर्लाहीमा लक्ष्मण रायलाई सभापतिको उमेदवार बनाउने निर्णय समूहले गरेको छ ।

    यस्तै, मकवानपुरमा जयराम लामिछाने, बाँकेमा नारायण गौडेल, सिन्धुपाल्चोकमा वंशलाल तामाङ तथा नवलपुर महेन्द्रधोज जीसी सभापतिको उमेदवार बनाउने शेखर समूहले निर्णय गरेको छ । 

    समूहको शुक्रबारको बैठकले अछाममा शेरबहादुर देउवा निकट भरत सवारलाई सहयोग गर्ने निर्णय गरेको छ। बारामा सहमहामन्त्री उमाकान्त चौधरी निकट मानिने रामानन्द यादवलाई सहयोग गर्ने निर्णय भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij