Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान

ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान

  • 578
    SHARES
  • ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-९ को ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान गरिएको छ । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि उक्त क्यामेरा जडान गरिएको हो ।

    ‘पर्यटकीय क्षेत्र धारा पानी जाने सडक र असिग्राम मावितर्फ जाने सडक र वडा कार्यालय परिसरमा क्यामेरा जडान गरेका छौं,’ वडाध्यक्ष रमेशबहादुर ऐरले भने,

    उनका अनुसार आपराधिक क्रियाकलाप नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणमा सिसी क्यामेराले सघाउ पुर्याउने उनको भनाइ छ । वडा कार्यालयले १ लाख ५० हजार लागतमा सडक, चोकचोक र संवेदनशील क्षेत्रमा ८ वटाभन्दा बढी क्यामेरा जडान गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij