वेबटिभी खबर
काठमाडौं । श्रीलङ्कासँगको पहिलो टी–२० मा घरेलु टोली भारतले ६२ रनको जित निकालेको छ ।
लखनउमा गएराति भएको खेलमा भारतले दिएको २ सय रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाएको हो ।
श्रीलंकाका चारिथ असलन्काले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । दुश्मन्था चामिरा २४ रनमा अविजित रहे ।
भारतका भुवनेश्वर कुमार र भेन्कातेस आयरले दुई/दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा दुई विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।
भारतका लागि इशान किशनले ८९ रन तथा श्रेयस एयरले अविजित ५७ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले ४४ रन बनाए ।
श्रीलङ्काका लाहिरु कुमारा र डसुन शनकाले एक/एक विकेट लिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij