वेबटिभी खबर
बेइजिङ । चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उनीहरूका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उनीहरूका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।
त्यस क्रममा उनीहरूका बाीचमा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको अवस्थाका बारेमा कुराकानी भएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कुराकानीका क्रममा अमेरिकाले रूसले युक्रेनमाथि आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका त्यसको विरूद्धमा रहेको बारेमा आफ्नो धारणा राखेकाे बताइएको छ ।
पछिल्लो समयमा युक्रेनमा रूसले आक्रमण गर्नसक्ने भन्दै त्यसको अमेरिकाले त्यसको व्यापक विरोध गरेको छ । युक्रेनको पूर्वी क्षेत्रमा रूसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रूसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।
अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरूले भने रूसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । रूसले त्यहाँबाट आफ्नो सेना कम गरेको बताए पनि अझै पनि त्यहाँ करिब एक लाखको संख्यामा रूसी सेना रहेको अमेरिकाले बताउँदै आएको छ ।
पश्चिमा देशहरूले रूसले युक्रेनमा हमलाको तयारी गरेको भन्दै रूसमाथि प्रतिबन्धहरू लगाउने तयारी गरिरहेको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij