Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

शिक्षकका लागि थपिए यस्ता सुविधा

शिक्षकका लागि थपिए यस्ता सुविधा

  • 11.8K
    SHARES
  • शिक्षकका लागि थपिए यस्ता सुविधा

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ ।

    सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकको मागहरू कार्यान्वयन गर्ने सहमति भएको बताए ।

    ‘शिक्षकहरू पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो,’ मन्त्री पौडेलले भने, ‘म पदमा बहाली भएपछि पनि उहाँका मागका विषयमा गम्भीर छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो ।’

    सरकार र महासंघका प्रतिनिधिबीच भएको सहमति पत्रमा दश दिने पर्यटन काज, स्वास्थ्य बीमा र दुर्घटना बीमाको व्यवस्था निजामती सरह हुने उल्लेख छ ।

    यस्तै शिक्षकलाई पनि निजामती सरह दुर्गम भत्ताको प्रबन्ध गर्ने सहमति भएको छ । शिक्षकको बढुवामा विशिष्ट, प्रथम द्वितीय र तृतीय गरी चार श्रेणी रहने र ग्रेडको विभेद हटाउँदै एकवर्ष पुग्नासाथ ग्रेड दिने सहमति समेत भएको छ ।

    shiksha.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij