Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्याउका बिरुवा वितरण

स्याउका बिरुवा वितरण

  • 915
    SHARES
  • स्याउका बिरुवा वितरण

    हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाबाट हवाई जहाजमार्फत स्याउका बिरुवा जिल्लामा पुर्याएपछि वितरण गर्न सुरु गरिएको हो ।

    पैदल मार्गबाट ल्याउन सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याइएको गाउँपालिकाका लेखाप्रमुख अश्विनीकुमार देवकोटाले जानकारी दिए ।

    गाउँपालिकाले चालु आर्थिक वर्षको फलफूल तथा कृषि विस्तारको ‘एक घर एक बगैँचा’ कार्यक्रमअन्तर्गत साढे १२ हजार स्याउका बिरुवा खरिद गरेर ढुवानी पश्चात् कृषकलाई वितरण सुरु गरिएको उनको भनाइ छ ।

    स्याउका बिरुवा जिल्लामा पुगेसँगै गाउँपालिकाले वडा नं ६ बाहेक १ देखि ५ सम्मका वडाका बासिन्दालाई ती बिरुवा वितरण गर्न थालेको हो । रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा प्रतिबोट ७७ दरले खरिद गरिएको लेखा प्रमुख देवकोटाले बताए ।

    सेवा प्रदायक निकायले स्याउमा लगानी गरिएको बजेटको ६० प्रतिशतभन्दा बढी ढुवानीमा लगानी गर्न  बाध्य भएको जनाएका छन् । त्यसैगरी सिमकोट, खार्पुनाथ, कृषि विकास कार्यालय र स्याउ जोन कार्यक्रमले पनि स्याउ र ओखरका बिरुवा हवाई मार्गबाटै ढुवानी गरेर ल्याउने गरेको छ  । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij