वेबटिभी खबर
काठमाडौं । अमेरिकी सहयाेग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु भएको छ । एमसीसी सम्झौताविरुद्ध नागरिक समाजका तर्फबाट दिक्तेल बजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो ।
पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान दिक्तेल बजारको किराँत चोक, त्रिबेणी चोक, हाटडाँडा, भवनगैरा लगायतका क्षेत्रमा सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने हस्ताक्षर संकलन अभियानमा सहभागी टंक थापाले बताए ।
नो एमसीसी, गो व्याक एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी फिर्ता गर’लगायतका नारा लेखिएको प्लेकार्डसहित एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij