Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पार्टीले एमसीसीबारे स्पष्ट धारणा राख्नुपर्छ : भीम रावल

पार्टीले एमसीसीबारे स्पष्ट धारणा राख्नुपर्छ : भीम रावल

  • 597
    SHARES
  • पार्टीले एमसीसीबारे स्पष्ट धारणा राख्नुपर्छ : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पाेरेशन(एमसीसी)बारे पार्टीले स्पष्ट धारणा राख्नुपर्ने माग गरेका छन् ।

    एमसीसी जनताको चासो र सरोकारको विषय बनिसकेकाले यसबारे पार्टीले प्रष्ट धारणा राख्नुपर्ने उनको माग छ । संसदीय दलमा कार्यसूची निर्धारण गरी यस विषयमा गम्भिर रूपमा छलफल गर्नुपर्ने पनि रावलको मागपत्रमा उल्लेख गरिएको छ ।

    एमसीसी सम्झौता एवम् कार्ययोजनाका केही प्रावधानहरु नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान नेपालको संविधान र कानुन विपरीत रहेको स्पष्ट भइसकेको बताउँदै उनले उक्त माग गरेका हुन ।

    सोमबार बसेको एमाले संसदीय दलको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बोक्न नहुने र एमसीसी सम्झौता अनुमोदन गर्न नहुने आवाज उठेको भन्दै उनले यस्तो माग गरेका हुन् ।

    bhim.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij