Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

  • 568
    SHARES
  • नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।

    निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २ः५५ बजे काठमाडौंबाट त्रिपोलीका लागि उडान भरेको हो । उक्त जहाज त्रिपोलीको स्थानीय समयअनुसार १० बजे अवतरण गर्ने र आजै राति २३ः१५ मा काठमाडौँ फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ ।

    निगमलले अघिल्लो वर्ष पनि कोभिड-१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसंघ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो । नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij