वेबटिभी खबर
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमा नै पठनपाठन पुरा गर्न र सक्रियतापूर्वक आआफ्नो जिम्मेवारी बहन गर्न शिक्षक, अभिभावक, र विद्यार्थीहरूलाई अनुरोध गरेका छन् ।
आगामी वैशाख ९-२० सम्म एसईई परीक्षा कार्यतालिका सार्वजनिक भइसकेकाले परीक्षातर्फ ध्यान दिन मन्त्री पौडेलले शुक्रबार सो अनुरोध गरेका हुन् ।
‘विद्यार्थीको भविष्यलाई जोड दिँदै यही २०७९ वैशाख ९ गतेदेखि वैशाख २० गतेसम्म एसईईको परीक्षा अनिवार्य सक्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको छ,’ मन्त्री पौडेलले भने, ‘कोभिड महामारी एवम् निर्वाचन घोषणाका कतिपय अप्ठ्याराहरू छिचोल्दै समयमा नै पठन पाठन पूरा गर्न र सक्रियतापूर्वक आ-आफ्ना जिम्मेवारी बहन गर्न शिक्षक, अभिभावक र विद्यार्थीरूलाई विशेष अनुरोध गर्दछु । शैक्षिक तालिका नियमित गर्नका लागि सम्बन्ध सबै पक्षले आवश्यक सहयोग गरिदिनुहन हार्दिक अनुरोध गर्दछु ।’

यो पनि
वैशाख ९ गतेदेखि सुरु हुने एसईईको यस्तो छ परीक्षा तालिका
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij