वेबटिभी खबर
जनकपुर । मधेश प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा नेकपा (एकीकृत समाजवादी) का श्रीवास्तवले ७ मत ल्याएका थिए ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जगतारनदेवी साह सुडीले ३ मत प्राप्त गरेकी प्रदेशसभा सचिवलायका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सार्वजनिक लेखा समितिका सभापतिका लागि आज दिउँसो १ बजे प्रदेशसभामा मतदान हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सार्वजनिक लेखा समितिका सभापतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार राय यादव र प्रतिपक्षी गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका पहव गिरीले उम्मेदवारी दर्ता गराएका छन्।
प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij