Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इरानको आणविक सम्झौताबारे भियनामा छलफल हुने

इरानको आणविक सम्झौताबारे भियनामा छलफल हुने

  • 459
    SHARES
  • इरानको आणविक सम्झौताबारे भियनामा छलफल हुने

    भिएना । इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौतका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ ।

    सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक सेवाले जानकारी दिएको छ । सो सेवाले दिएको जानकारी अनुसार भिएनामा आज यस विषयमा छलफल हुन लागेको हो ।

    उक्त सम्झौताको बृहत् कार्ययोजनाका विषयमा यसका साझेदारहरूका बीचमा मंगलबार कुराकानी हुने बताइएको हो ।

    उक्त सम्झौतको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतमा अमेरिकी संलग्नतका बारेमा पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

    यस सम्झौताको सही कार्यान्वयनका लागि समय समयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ ।

    तर इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij