वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडी जिल्लाबाट ३५६ विद्यालय सिफारिस भएका छन् ।
जिल्लाका १० वटा स्थानीय तहबाट आवेदन परेका ३५६ विद्यालयलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।
पाटन नगरपालिकाबाट ५५, सिगास गाउँपालिकाका ५२, पुर्चौंडी नगरपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४०, सुर्नया गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका ३२, मेलौली नगरपालिकाका २४, पञ्चेश्वर गाउँपालिकाका २४, शिवनाथ गाउँपालिकाका २१ र डीलाशैनी गाउँपालिकाबाट २० गरी जम्मा ३५६ विद्यालय सिफारिस गरिएका उनले बताए ।
आवेदन पेश गरिएका सबै विद्यालय छनोटका लागि इकाईले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाएको प्रमुख अवस्थीलेको बताए । त्यसरी आएका विद्यालयहरूलाई केन्द्रले छनोट गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउँछ र मन्त्रालयले अन्तिम निर्णय गर्छ ।
उक्त कार्यक्रममा छनौट भएका विद्यालयहरूलाई आवश्यक्ता अनुसार दुईकोठे/चारकोठे भवन निर्माण, कम्प्युटर तथा सूचना प्रविधिको विकास र कम्प्युटर ल्याब स्थापना गर्न मन्त्रालयले अनुदान रकम उपलब्ध गराउँछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij