Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

  • 436
    SHARES
  • टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

    टर्की । टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ । राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन् । उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिएका छन् ।

    शनिबार ट्वीट गरेर उनले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको बताएका हुन् । उनले आफू र आफ्नो परिवार संक्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताएका छन् ।

    त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ । यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड संक्रमण झण्डै दोब्बर भएको बताइएको छ ।

    यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएको समाचारमा जनाइएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij