Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

१७ हजार शिक्षकका लागि दुई लाख बढीको आवेदन 

१७ हजार शिक्षकका लागि दुई लाख बढीको आवेदन 

  • 2.5K
    SHARES
  • १७ हजार शिक्षकका लागि दुई लाख बढीको आवेदन 

    काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १७ हजार ४५५ शिक्षक पदका लागि विज्ञापन आह्वान गर्दा दुई लाख बढीकाे आवदेन परेकाे छ ।

    आयोगका सूचना अधिकारी सुर्दशन मरहठ्ठाले अहिलेसम्म दुई लाख ३४ हजार ५६२ जनाको आवेदन परेको आइतबार वेबटिभी खबरलाई जानकारी दिए । प्राविधिक कारणले रोकिएका केही आवेदन संख्या थपिन सक्ने भएपनि हालसम्मको आवेदन परेको यकिन संख्या भने यही रहेको उनको भनाइ छ । 

    सबैभन्दा धेरै आवेदन प्राथमिक तहका लागि परेको छ । आवेदन परेको जम्मा संख्याको करिव आधा संख्या प्राथमिक तहको मात्रै रहेको उनले बताए । 

    प्राविका लागि १ लाख १३ हजार ३६९ जना व्यक्तिले आवेदन दिएको सूचना अधिकारी मरहठ्ठाले बताए । आयोगले प्राथमिक तहका लागि १३ हजार २९७ जनाको विज्ञापन आह्वान गरेको थियाे ।

    त्यसपछि सबैभन्दा धेरै निमाविमा तहका लागि आवेदन परेका छ । निमाविका लागि ८५ हजार ६४८ जना व्यक्तिले आवेदन दिएका छन् । निमाविका लागि आयोगले २ हजार ६०६ पदका लागि विज्ञापन आह्वान गरेको छ ।

    सबैभन्दा थोरै आवेदन मावि तहका लागि परेको छ । आयोगले मावि तहका लागि १ हजार ५५२ जना शिक्षक पदमा विज्ञापन आह्वान गरेकोमा ३५ हजार ५४५ जना व्यक्तिले आवेदन दिएको सूचना अधिकारी मरहठ्ठाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij