वेबटिभी खबर
स्टकहोम/एपी । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि स्वीडेनमा लगाइएको प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ ।
अरु युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिए ।
'देशमा लगाइएको प्रतिबन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्वीडेन पुरै खुल्ला हुनेछ,' उनले भने ।
उनका अनुसार यही फेब्रअरी ९ देखि लागु हुनेगरी सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij