वेबटिभी खबर
काठमाडौं । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ। गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसयता उडान भएको छैन ।
साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए ।
यात्रु नहुँदा नियमित उडान गर्न नसकिएको र मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको पाइएको उनले बताए । मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी गर्ने उनका भनाइ छ ।
अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ । वि स २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij