Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कालीकोटमा ८ हजार जनसंख्या वृद्धि

कालीकोटमा ८ हजार जनसंख्या वृद्धि

  • 1.0K
    SHARES
  • कालीकोटमा ८ हजार जनसंख्या वृद्धि

    कालिकोट । दश वर्षमा कालीकोटको जनसंख्या करिव ८ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसंख्या १ लाख ४४ हजार ९१७ रहेको छ भने यसअघि २०६८ सालमा १ लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.५४ प्रतिशत छ ।

    नतिजाअनुसार जिल्लाका ९ वटा स्थानीय तहमध्ये सबैभन्दा कम नरहरिनाथ गाउँपालिकाको जनसंख्यामा रहेको छ । सो गाउँपालिकामा २०६८ सालमा २४ हजार १४२ जनसंख्या रहेकामा अहिले २२ हजार ४१४  देखिएको छ ।

    जिल्लाको खाँडाचक्र नगरपालिका भने जनसंख्या वृद्धि भएको छ ।  २०६८ सालमा २० हजार ६१८ जनसंख्या रहेको सो नगरपालिकामा अहिले  झन्डै ३ हजार वृद्धि भएर २३ हजार ३३६ पुगेको छ ।

    त्यस्तै, शुभकालिकामा १३ हजार ९००, महावैमा ८ हजार ३३४, पचालझरनमा १३ हजार ६८३, पलाँतमा १७ हजार ६५८, सान्नी त्रिवेणी गाउँपालिकामा १२ हजार ८६४, रास्कोट र तिलागुफा नगरपालिकामा क्रमशः १६ हजार ४६९ र १६ हजार २५९ जनसंख्या रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij