Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

  • 574
    SHARES
  • युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

    किभ । युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ ।

    उनीहरूबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ । शनिबार भएको सो फोनवार्ताका क्रममा युक्रेनमा पछिल्लो समयमा विकसित राजनीतिक विकासक्रमका बारेमा कुराकानी भएको बताइएको छ ।

    समाचारमा जनाइएअनुसार उनीहरूका बीचमा खासगरी पूर्वी युक्रेनमा रूसका कारणले उत्पन्न भएको परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ ।

    पूर्वी युक्रेनको रूसी सीमा क्षेत्रमा पछिल्लो समयमा रूसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको बताइएको छ । यसलाई अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरूले रूसले युक्रेनमाथि हमला गर्न लागेको बताइरहेका छन् ।

    तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी यस भनाईको खण्डन गरेका छन् । उनले युक्रेनमा हमला गर्ने योजना नरहेको बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij