वेबटिभी खबर
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार जनसंख्या ५ हजार ६४५ रहेकाे छ ।
अहिले सार्वजनिक भएको तथ्यांक वि.सं २०७४ को मतदाताको संख्याभन्दा कम देखिएको हो । विसं २०६८ को जनगणनामा ५ हजार ९०० जनसंख्या थियो भने वि.सं २०७४ को जनसंख्याभन्दा अहिलेको संख्या २५५ ले घटेको देखिएको छ ।
उक्त तथ्यांकअनुसार जिल्लाको जनसंख्याभन्दा मतदाताकाे संख्या बढी देखिएको हाे । वि.सं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता संख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।
अहिले सार्वजनिक भएको जनसंख्याभन्दा ९६७ संख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता संख्याभन्दा जनसंख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले संकलन गरेका मध्ये कुन तथ्यांक सही भनेर पहिचान गर्न मुस्किल भएको छ ।
जनगणनाअनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसंख्या रहेको छ । प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij