Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जडान नहुँदै भत्कियो बेलिब्रिज 

जडान नहुँदै भत्कियो बेलिब्रिज 

  • 483
    SHARES
  • जडान नहुँदै भत्कियो बेलिब्रिज 

    काठमाडौं । हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ ।  

    छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो ।

    छायाँनाथ रारा नगरपालिकाका  प्रमुख हरिजंगशाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए ।

    पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किदा निर्माण कार्य अझै पछि धकेलिएको छ । बेलिब्रिज भत्किदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधी बखत बहादुर मल्लले बताए । 

    बेलिव्रिज निमार्णका लागि जलब रवि चक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासँँग सम्झौता गरी निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

    भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने मल्लको भनाइ छ । बेलिब्रिज भत्किदाँ मानवीय क्षति भने भएको छैन । 

    बेलिब्रिजलाई ठड्याउन २ वटा मेसिन लगाइएको छ । पुलको बीचको भाग बाङ्गगिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नया भौतिक संरचना जडान गर्नु पर्ने अवस्था सिर्जना भएको निर्माण कम्पनीले जनाएको छ । ५ करोड २० लाख ५५ हजार ९०२ रुपयाँको लागतमा बन्ने यो बेलिव्रिजको लम्वाई ५५ मिटर छ ।

    मुगु कणालीमाथि वेलिव्रिज निर्माण भएमा केही बस्तिका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ ,अदानचुली , खार्पुनाथ , सिमीकोट गाँउपालिकाका स्थानीय तहसम्म समयमै सडक पुग्ने अपेक्षा गरिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij