Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दोस्रो लहरकै जोखिम भत्ता पाएनन् स्वास्थ्यकर्मीले 

दोस्रो लहरकै जोखिम भत्ता पाएनन् स्वास्थ्यकर्मीले 

  • 717
    SHARES
  • दोस्रो लहरकै जोखिम भत्ता पाएनन् स्वास्थ्यकर्मीले 

    महेन्द्रनगर । कोरोना संक्रमणको दोस्रो लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्येक्ष रुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् ।

    तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको संक्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै अन्यौल रहेको बताएका हुन् ।

    महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत अहेव गोपालदत्त पन्तले कोरोनाको दोस्रो लहरका बेला २ महिनाको मात्रै जोखिम भत्ता पाएको बताए । ‘पहिलो लहरमा सरकारले ४ महिनाको सतप्रतिशत भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो ।’ उनले भने, ‘दोस्रो लहरको दुई महिनाको भत्ता पाइएको छैन ।’ यहाँका पालिकास्तरका स्वास्थ्यकर्मीले भने पहिलो लहरकाे जोखिम भत्ता मात्र पाएको बताएका छन् ।

    स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले स्वास्थ्यकर्मीले सरकारले निर्धारण गरेको जोखिम भत्ता नपाएको जानकारी दिए । ‘यहाँ पालिकापिच्छे केहीले केही महिनाको पाए पनि सबैले भत्ता पाउन सकेका छैनन् ।’ उनले भने, ‘नदिने भनेको छैन, दिन ढिलाइ भएकै हो ।’

    गत असारमा सरकारले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij